Section 28
आयोगको सचिव
(१) आयोगको प्रशासकीय प्रमुखको रूपमा काम गर्न एक सचिव
रहनेछ ।
(२) सचिवको नियुक्ति आयोगको सिफारिसमा नेपाल सरकारले गर्नेछ ।
(३) सचिवको योग्यता, पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त नेपाल सरकारको
राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारी सरह हुनेछ ।
(४) सचिवले अध्यक्षको सामान्य निर्देशनमा रही काम गर्नेछ ।
(५) यो ऐन र अन्य प्रचलित कानूनमा तोकिएका काम कर्तव्य र अधिकारका
अतिरिक्त सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) आयोगको प्रशासन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
(ख) आयोगको वार्षिक बजेट, कार्यक्रम र योजना तयार गरी आयोग समक्ष
पेश गर्ने,
(ग) आयोगको चल, अचल सम्पत्तिको रेखदेख, स्याहार सम्भार गर्ने,
(घ) आयोगको काम कारबाही सुचारुरुपले सञ्चालन गर्न आवश्यक व्यवस्था
गर्ने,
(ङ) आयोगको नीति, कार्यक्रम र निर्णयहरु कार्यान्वयन गर्ने, गराउने, र
(च) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।
(६) सचिवको पद रिक्त भएमा आयोगले आयोगमा कार्यरत अधिकृत कर्मचारीमध्ये
वरिष्ठतम अधिकृतलाई अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम सचिव भई काम
गर्न तोक्न सक्नेछ ।